उपाधि दाबेदार नेपाल र ओमान भिड्दै

उपाधि दाबेदार नेपाल र ओमान भिड्दै : Icon Khabar

काठमाडौं, वैशाख ८ । उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कपमा आज ओमानसँग खेल्दैछ । दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपालको यो ५० औं ओडिआई खेल समेत हो । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् ।

समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । नेपाल र ओमानबीचको आजको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण गर्न सक्ने सम्भावना छ ।

घरेलु टोली नेपाल उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ । ५० औं ओडिआई खेल नेपाल जितका साथ खुसीयाली मनाउन चाहन्छ । तर भारतीय र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमानलाई हराउन सहज हुनेछैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् ।

नेपाल युवा खेलाडीले भोरिएको टोली हो । ओमानमा अनुभवी खेलाडीको बाहुल्यता छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । उता ओमानले कतारलाई ४० रनले हराएको थियो । दुबै टोलीको सोच लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना मजबुत बनाउने हुनेछ । नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्ने उच्च सम्भावना छ ।

हेड हु हेड :

नेपाल र ओमानबीच ओडिआईमा कुल ६ खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । २०२० मा नेपालले लिग २ मा घरेलु मैदान टियुमा ओमानसँग दुबै खेल हारेको थियो ।

मौसम :

आज काठमाडौंको तापक्रम न्यूनतम १६ डिग्री र उच्चतम २७ डिग्री सेल्सियल छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म २७ प्रतिशत वर्षा हुने सम्भावना छ ।

लाइभ तथा टिकट

लाइभ कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजन वेवसाइट र ओएसआर युटुबबाट हेर्न सकिनेछ । टिकट भने २ सय रुपैयाँ रहेको छ । माइ पेबाट काट्दा १ सय ५० रुपैयाँमा पाउन सकिनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

ओमानको टोली :

जिशान मकसुद (कप्तान), अकिब इलियास, जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी र फैज बुट ।

Published Date: 21 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक