राष्ट्रियसभा र रुसी महासंघको फेडेरेसन काउन्सिलका बिचमा अन्तर –संसद समझदारी पत्रमा हस्ताक्षर

राष्ट्रियसभा र रुसी महासंघको फेडेरेसन काउन्सिलका बिचमा अन्तर –संसद समझदारी पत्रमा हस्ताक्षर : Icon Khabar

काठमाडौँ, वैशाख ७ । राष्ट्रियसभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका बिचमा बैषाख ७९(बिहीबार) अन्तर–संसद सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रबर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालय बीच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघ लगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले दुई सदनका बिचमा भएको सम्झौता पारस्परिक सम्मान, मित्रता एवं सहकार्यको जगमा स्थापित नेपाल–रुसबीचको सुमधुर सम्बन्धको बलियो प्रमाण भएको बताए । उनले समझदारीले दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य एवं नयाँ अवसर सिर्जना गर्न उत्प्रेरकको भूमिका खेल्नेछ भने ।

उनले समझदारी र सहकार्यलाई बढावा दिन अन्तर–संसद सहकार्यको महत्व दिनानुदिन बढीरहेको चर्चा गर्दै समझदारीका माध्यमबाट एक अर्काको राजनीतिक प्रणाली तथा विधायिकी प्रक्रिया सम्बन्धी बुझाईलाई थप गहन बनाउन; असल अभ्यास, विज्ञता र सूचनाको साटा–साट गर्न एवं संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न तथा जनसम्पर्क प्रवर्द्बनमा थप सहयोग हुने विश्वास ब्यक्त गरे।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्को बिच भएको भेटवार्ताका क्रममा नेपालले रुसबाट रासायनिक मल र गहुँत आयात गर्न चाहेको तथा नेपाल, रसिया, चीन र भारत सम्मिलित मैत्रीपुर्ण बुद्धिचाल च्याम्पियनसिप प्रतियोगता आयोजना गर्न चाहेको उल्लेख गरेका छन् ।

Published Date: 20 April 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ