राष्ट्रियसभा र रुसी महासंघको फेडेरेसन काउन्सिलका बिचमा अन्तर –संसद समझदारी पत्रमा हस्ताक्षर

राष्ट्रियसभा र रुसी महासंघको फेडेरेसन काउन्सिलका बिचमा अन्तर –संसद समझदारी पत्रमा हस्ताक्षर : Icon Khabar

काठमाडौँ, वैशाख ७ । राष्ट्रियसभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका बिचमा बैषाख ७९(बिहीबार) अन्तर–संसद सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रबर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालय बीच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघ लगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले दुई सदनका बिचमा भएको सम्झौता पारस्परिक सम्मान, मित्रता एवं सहकार्यको जगमा स्थापित नेपाल–रुसबीचको सुमधुर सम्बन्धको बलियो प्रमाण भएको बताए । उनले समझदारीले दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य एवं नयाँ अवसर सिर्जना गर्न उत्प्रेरकको भूमिका खेल्नेछ भने ।

उनले समझदारी र सहकार्यलाई बढावा दिन अन्तर–संसद सहकार्यको महत्व दिनानुदिन बढीरहेको चर्चा गर्दै समझदारीका माध्यमबाट एक अर्काको राजनीतिक प्रणाली तथा विधायिकी प्रक्रिया सम्बन्धी बुझाईलाई थप गहन बनाउन; असल अभ्यास, विज्ञता र सूचनाको साटा–साट गर्न एवं संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न तथा जनसम्पर्क प्रवर्द्बनमा थप सहयोग हुने विश्वास ब्यक्त गरे।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्को बिच भएको भेटवार्ताका क्रममा नेपालले रुसबाट रासायनिक मल र गहुँत आयात गर्न चाहेको तथा नेपाल, रसिया, चीन र भारत सम्मिलित मैत्रीपुर्ण बुद्धिचाल च्याम्पियनसिप प्रतियोगता आयोजना गर्न चाहेको उल्लेख गरेका छन् ।

Published Date: 20 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक