हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा उक्लियो

हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, वैशाख ७ । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा शेर्पालाई १–० ले पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा उक्लन सफल भएको हो । थ्री स्टारको जितमा लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । उनले १४औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्री स्टारको १० खेलबाट १८ अंक पुगेको छ । एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित शेर्पा १० खेलबाट ९ अंक जोडेर १३औं स्थानमा छ ।

Published Date: 20 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास