आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित : Icon Khabar

विराटनगर , चैत २८। विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।

लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।

विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौक्का र १ छक्का हिर्काए । खेलको म्यान अफ द म्याच पनि उनै घोषित भए ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका हरी चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौक्का हिर्काए । सन्दिपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दा उनले २ छक्का र २ चौक्का हिर्काए ।

बलिङमा वाइआरसीसीका भिष्प सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

जवाफमा वाइआरसीसीले १९ दशमलव ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा अर्धशतकीय ईनिङ खेले । उनले ६ छक्का र ४ चौक्का हिर्काए । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौक्का हाने । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अरु कुनैपनि ब्याट्रले दोहोरो अंक छोएनन् ।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । बिक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले समान १–१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा एपीएफले दोस्रो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा भारत विहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले स्तब्ध बनाउँदै एपीएफले दोस्रो जित निकालेको हो ।

१३९ रनको विजय लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव २ बलमा ५ विकेटे गुमाइ पूरा गर्यो । जवाफमा नरपथगञ्जका १९ ओवरमा अलआउट भइ १३८ रनमा समेटियो । म्यान अफ द म्याच एपीएफका विपिन खत्री घोषित भए । पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै एपीएफले जित दर्ता गराएको थियो ।

बुधबारको पहिलो खेल वाइआरसीसी र नरपथगञ्जबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा आर्मी र एपीएफ बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2023
Website | + posts