अष्ट्रेलियासँग भारतको लज्जास्पद हार

अष्ट्रेलियासँग भारतको लज्जास्पद हार : Icon Khabar

काठमाडौं, चैत ५ । एजेन्सी – अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै घरेलु टोली भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । अष्ट्रेलियाको जितमा मिचेल मार्श ३६ बलमा ६ चौका र ६ छक्कासहित ६६ रनमा अविजित रहे ।

ट्रविस हेड ३० बलमा १० चौकासहित ५१ रनमा अविजित रहे । भारतीय बलर सामु अष्ट्रेलिया दुवै ओपनर आक्रामक रुपमा प्रस्तुत भएका थिए । ब्याटिङमा अष्ट्रेलिया तीव्र गतिको बलिङ आक्रामण सामु निरिह बनेको भारत बलिङमा झनै खराब प्रदर्शन गर्दै लज्जास्पद हार व्यहोरेको छ ।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २६ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । भारतका विराट कोहलीले ३५ बलमा ४ चौकासहित सर्वाधिक ३१ रन बनाए । अक्षर पटेल २९ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।

अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गन सकेनन् । भारतका ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् तीव्र गतिका बलर मिचेल स्टार्कले सुरुवाती चार विकेट लिँदै भारतलाई दयनीय अवस्थामा पुर्याएका थिए ।

ओपनर शुभमन गिल तेस्रो बलमै प्वाइन्टमा मार्नस लाबुसेनबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि रोहित शर्मा र विराट कोहलीले ३१ रनको साझेदारी गरेका थिए । स्टार्कको पाँचौं ओभरको चौथो बलमा फस्ट स्लिपमा रोहित शर्मा स्टिभ स्मिथबाट क्याच आउट भए ।

रोहितले १५ बलमा २ चौका प्रहार गरे । लगत्तै अर्को बलमा सुर्यकुमार यादव एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किए । स्टार्कले नै लोकेश राहुललाई ९ रनमा एलबीडब्लू आउट गर्दै ८.४ ओभरमा ४८-४ को अवस्थामा पुर्याएका थिए । त्यसपछि नाथन एलिस र शन एबोटले मध्यक्रम ध्वस्त पारेका थिए ।

तीव्र गतिका बलर शन एबोटको बलमा हार्दिक पान्ड्याको क्याच एक फस्ट स्लिपमा स्टिभ स्मिथबाट एक हातले उत्कृष्ट रुपमा लिएपछि भारत संकटमा पुगेको थियो । नाथन एलिसले १६ औं ओभरको दोस्रो बलमा विराट कोहलीलाई एलबीडब्लू आउट गर्दै महत्वपूर्ण सफलता दिलाए । एलिसकै बलमार रविन्द्र जडेजा १६ रनमा कट बिहाइन्ड हुँदै विकेटकिपर एलेक्स केरीबाट क्याच आउट भए ।

शन एबोटले कुलदीप यादवलाई ४ र मोहम्मद शामीलाई शून्यमा पेभेलिएन फर्काए । अष्ट्रेलियाको जितमा मिचेल स्टार्कले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ५ विकेट लिए । शन एबोटले ६ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

नाथन एलिसले ५ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल बुधबार चेन्नईमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2023
Website | + posts