अष्ट्रेलियासँग भारतको लज्जास्पद हार

अष्ट्रेलियासँग भारतको लज्जास्पद हार : Icon Khabar

काठमाडौं, चैत ५ । एजेन्सी – अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै घरेलु टोली भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । अष्ट्रेलियाको जितमा मिचेल मार्श ३६ बलमा ६ चौका र ६ छक्कासहित ६६ रनमा अविजित रहे ।

ट्रविस हेड ३० बलमा १० चौकासहित ५१ रनमा अविजित रहे । भारतीय बलर सामु अष्ट्रेलिया दुवै ओपनर आक्रामक रुपमा प्रस्तुत भएका थिए । ब्याटिङमा अष्ट्रेलिया तीव्र गतिको बलिङ आक्रामण सामु निरिह बनेको भारत बलिङमा झनै खराब प्रदर्शन गर्दै लज्जास्पद हार व्यहोरेको छ ।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २६ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । भारतका विराट कोहलीले ३५ बलमा ४ चौकासहित सर्वाधिक ३१ रन बनाए । अक्षर पटेल २९ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।

अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गन सकेनन् । भारतका ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् तीव्र गतिका बलर मिचेल स्टार्कले सुरुवाती चार विकेट लिँदै भारतलाई दयनीय अवस्थामा पुर्याएका थिए ।

ओपनर शुभमन गिल तेस्रो बलमै प्वाइन्टमा मार्नस लाबुसेनबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि रोहित शर्मा र विराट कोहलीले ३१ रनको साझेदारी गरेका थिए । स्टार्कको पाँचौं ओभरको चौथो बलमा फस्ट स्लिपमा रोहित शर्मा स्टिभ स्मिथबाट क्याच आउट भए ।

रोहितले १५ बलमा २ चौका प्रहार गरे । लगत्तै अर्को बलमा सुर्यकुमार यादव एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किए । स्टार्कले नै लोकेश राहुललाई ९ रनमा एलबीडब्लू आउट गर्दै ८.४ ओभरमा ४८-४ को अवस्थामा पुर्याएका थिए । त्यसपछि नाथन एलिस र शन एबोटले मध्यक्रम ध्वस्त पारेका थिए ।

तीव्र गतिका बलर शन एबोटको बलमा हार्दिक पान्ड्याको क्याच एक फस्ट स्लिपमा स्टिभ स्मिथबाट एक हातले उत्कृष्ट रुपमा लिएपछि भारत संकटमा पुगेको थियो । नाथन एलिसले १६ औं ओभरको दोस्रो बलमा विराट कोहलीलाई एलबीडब्लू आउट गर्दै महत्वपूर्ण सफलता दिलाए । एलिसकै बलमार रविन्द्र जडेजा १६ रनमा कट बिहाइन्ड हुँदै विकेटकिपर एलेक्स केरीबाट क्याच आउट भए ।

शन एबोटले कुलदीप यादवलाई ४ र मोहम्मद शामीलाई शून्यमा पेभेलिएन फर्काए । अष्ट्रेलियाको जितमा मिचेल स्टार्कले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ५ विकेट लिए । शन एबोटले ६ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

नाथन एलिसले ५ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल बुधबार चेन्नईमा हुनेछ ।

Published Date: 19 March 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता