घण्टाघर स्थित त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत ९ गते हुने

घण्टाघर स्थित त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत ९ गते हुने : Icon Khabar

काठमाडौं, चैत २ । त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले स्ववियु निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । नयाँ कार्यतालिका अनुसार चैत ९ गते बिहीबार निर्वाचन हुने भएको हो ।

त्यस्तै मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ । त्यसउपर दाबी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ । चैत ५ गते उम्मेदवारी दर्ता, ६ गते उम्मेदवारहरु उपर दाबी विरोध र ७ गते प्रचारप्रसारका लागि समय तय भएको छ ।

यसैगरी, चैत ७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ भने ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने सार्वजनिक तालिकामा उल्लेख छ ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास