घण्टाघर स्थित त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत ९ गते हुने

घण्टाघर स्थित त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत ९ गते हुने : Icon Khabar

काठमाडौं, चैत २ । त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले स्ववियु निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । नयाँ कार्यतालिका अनुसार चैत ९ गते बिहीबार निर्वाचन हुने भएको हो ।

त्यस्तै मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ । त्यसउपर दाबी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ । चैत ५ गते उम्मेदवारी दर्ता, ६ गते उम्मेदवारहरु उपर दाबी विरोध र ७ गते प्रचारप्रसारका लागि समय तय भएको छ ।

यसैगरी, चैत ७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ भने ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने सार्वजनिक तालिकामा उल्लेख छ ।

Published Date: 16 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक