यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक : Icon Khabar

काठमाडौं, चैत्र २ । नेपालका मध्यक्रमका ब्याटर भीम सार्कीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा अर्धशतक प्रहार गरेका छन् ।

भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका छन् । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए । आरिफ शेख ३१ बलमा २२ रनमा क्रिजमा छन् ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको छ ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास