आज बागमती, गण्डकी र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज बागमती, गण्डकी र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, चैत १ । देशमा अहिले स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले तराईका भू–भागमा मौसम सामान्यतया सफा रहेको र अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक