नेकपा (एमाले) को राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाल मनोनीत

नेकपा (एमाले) को राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाल मनोनीत : Icon Khabar

काठमाडौं, फागुन ३० । नेकपा (एमाले) ले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । उनले राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनीत भएको बताए।

अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनीत गरेका छन्। त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त भएका छन्।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास