जापानका प्रधानमन्त्रीद्वारा राष्ट्रपति पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई ब्यक्त

जापानका प्रधानमन्त्रीद्वारा राष्ट्रपति पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई ब्यक्त : Icon Khabar

काठमाडौं, फागुन ३० । जापानका प्रधानमन्त्री किशिदा फुमियोले राष्ट्रपति रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री फुमियोले राष्ट्रपति पौडेललाई प्रतिष्ठित पदमा निर्वाचित भएकोमा बधाई दिँदै औपचारिक पत्र पठाएका छन् ।

दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न र नेपालको सामाजिक तथा आर्थिक विकासमा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप सहकार्य गर्न इच्छुक रहेको जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास