गत बर्ष १५.२६ प्रतिशत लाभांश दिएको एशियन लाइफद्वारा यस बर्ष ८.९४ प्रतिशत लाभांश दिने प्रस्ताव

गत बर्ष १५.२६ प्रतिशत लाभांश दिएको एशियन लाइफद्वारा यस बर्ष ८.९४ प्रतिशत लाभांश दिने प्रस्ताव : Icon Khabar

काठमाडौं, फागुन ३० । आ व २०७७/७८ मा लगानीकर्ताहरुलाई १४.५ प्रतिशत बोनस सेयर तथा ०.७६ नगद लाभांश गरि १५.२६ प्रतिशत लाभांश दिएको एशियन लाइफ इन्स्योरेन्सको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा करिब आधाले घटेको छ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई कुल ८.९४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

लाभांशमध्ये चुक्ता पुँजीको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लाख बराबरको बोनस सेयर तथा ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास