गत बर्ष १५.२६ प्रतिशत लाभांश दिएको एशियन लाइफद्वारा यस बर्ष ८.९४ प्रतिशत लाभांश दिने प्रस्ताव

गत बर्ष १५.२६ प्रतिशत लाभांश दिएको एशियन लाइफद्वारा यस बर्ष ८.९४ प्रतिशत लाभांश दिने प्रस्ताव : Icon Khabar

काठमाडौं, फागुन ३० । आ व २०७७/७८ मा लगानीकर्ताहरुलाई १४.५ प्रतिशत बोनस सेयर तथा ०.७६ नगद लाभांश गरि १५.२६ प्रतिशत लाभांश दिएको एशियन लाइफ इन्स्योरेन्सको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा करिब आधाले घटेको छ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई कुल ८.९४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

लाभांशमध्ये चुक्ता पुँजीको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लाख बराबरको बोनस सेयर तथा ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक