मदिराजन्य विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई विज्ञापन बोर्डको निर्देशन

मदिराजन्य विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई विज्ञापन बोर्डको निर्देशन : Icon Khabar

काठमाडौं, फागुन २९ । विज्ञापन बोर्डले मदिराजन्य विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै अबदेखि मदिरासम्बन्धी कुनै पनि विज्ञापन नगर्न सञ्चारमाध्यमलाई निर्देशन दिएको हो ।

सर्वोच्च अदालतले गत फागुन ११ गते मदिराजन्य पदार्थको विज्ञापन नगर्न सञ्चारमाध्यमलाई निर्देशन दिएको थियो ।

विज्ञप्तिमा उल्लेख छ,”फागुन २६ गते बसेको बोर्ड बैठकले विज्ञापन एजेन्सी, प्रिन्ट, इलेक्ट्रोनिक, डिजिटल माध्यम र सामाजिक सञ्जालबाट मदिराजन्य विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्ने निर्णय गरेको थियो, त्यसैले अबदेखि मदिराजन्य विज्ञापन नगर्न सबै सञ्चारमाध्यमलाई जानकारी गराइन्छ।”

होर्डिङ बोर्डमा समेत मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने बताउँदै विज्ञापन बोर्डले स्थानीय सरकार, विज्ञापन प्रदायक र विज्ञापन एजेन्सीलाई त्यस्ता विज्ञापन तत्काल हटाउन आग्रह गरेको छ ।

बोर्डले यस्ता विज्ञापन प्रकाशित गर्नेलाई विज्ञापन (नियमन) ऐन, २०७६, जनस्वास्थ्य सेवा ऐन, २०७५ र अन्य प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

Published Date: 13 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक