मदिराजन्य विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई विज्ञापन बोर्डको निर्देशन

मदिराजन्य विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई विज्ञापन बोर्डको निर्देशन : Icon Khabar

काठमाडौं, फागुन २९ । विज्ञापन बोर्डले मदिराजन्य विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै अबदेखि मदिरासम्बन्धी कुनै पनि विज्ञापन नगर्न सञ्चारमाध्यमलाई निर्देशन दिएको हो ।

सर्वोच्च अदालतले गत फागुन ११ गते मदिराजन्य पदार्थको विज्ञापन नगर्न सञ्चारमाध्यमलाई निर्देशन दिएको थियो ।

विज्ञप्तिमा उल्लेख छ,”फागुन २६ गते बसेको बोर्ड बैठकले विज्ञापन एजेन्सी, प्रिन्ट, इलेक्ट्रोनिक, डिजिटल माध्यम र सामाजिक सञ्जालबाट मदिराजन्य विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्ने निर्णय गरेको थियो, त्यसैले अबदेखि मदिराजन्य विज्ञापन नगर्न सबै सञ्चारमाध्यमलाई जानकारी गराइन्छ।”

होर्डिङ बोर्डमा समेत मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने बताउँदै विज्ञापन बोर्डले स्थानीय सरकार, विज्ञापन प्रदायक र विज्ञापन एजेन्सीलाई त्यस्ता विज्ञापन तत्काल हटाउन आग्रह गरेको छ ।

बोर्डले यस्ता विज्ञापन प्रकाशित गर्नेलाई विज्ञापन (नियमन) ऐन, २०७६, जनस्वास्थ्य सेवा ऐन, २०७५ र अन्य प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास