सुदूरपश्चिम सरकारले पाँच क्रिकेटरलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा

सुदूरपश्चिम सरकारले पाँच क्रिकेटरलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा : Icon Khabar

बैतडी, फागुन २९ । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई यू–१९ विश्वकप क्रिकेटमा पुर्‍याउन सफल हुने प्रत्येक क्रिकेट खेलाडीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भर्खरै सम्पन्न एसिया क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले जित हात पार्दै सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटमा स्थान पक्का गरेको छ । नेपाली टोलीबाट खेल्ने सबै क्रिकेटरमध्ये पाँच सुदूरपश्चिम प्रदेशका छन् ।

प्रादेशिक सरकारले छनोटमा उनीहरुको प्रयासको कदर गर्दै खेलकुदमा थप उत्कृष्ट हुन प्रोत्साहित गर्ने उद्देश्यले यो घोषणा गरेको हो । ती पाँच क्रिकेटर हुन् दीपक बोहरा, दीपक बोहरा ‘बी’, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चारजना (मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्ट) लाई जनही ५० हजार रुपैयाँ पुरस्कृत गर्ने निर्णय गरेको हो । टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियोथेरापिस्ट पुरन तिरुवा रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रदेश सरकारले पाँच खेलाडीलाई पुरस्कृत गर्न विशेष पहल गरेका छन् । चन्द आफै सुदूरपश्चिम प्रदेशका हुन् । क्रिकेटर दीपक बोहराले यो घोषणामा खुसी व्यक्त गर्दै नगद पुरस्कारले खेलकुदलाई निरन्तरता दिन हौसला मिल्ने बताए ।

क्यानले अन्य प्रादेशिक सरकारहरूलाई पनि उत्कृष्ठ खेलाडीहरूलाई प्रोत्साहन गर्न र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्नका लागि पहल गर्न आग्रह गरेको छ। क्यानले छनोट खेल जित्ने टोलीका प्रत्येक सदस्यलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

Published Date: 13 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता