नेपालको कसिलो सुरुवात : ललित , सोमपाल र सन्दीपले लिए एक/एक विकेट

नेपालको कसिलो सुरुवात : ललित , सोमपाल र सन्दीपले लिए एक/एक विकेट : Icon Khabar

काठमाठौं, फागुन २९ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कसिलो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १५ ओभरमा ३ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे ।

६.५ ओभरमा पीएनजीले दोस्रो विकेट गुमाएको छ । पीएनजीका ओपनर हिरी हिरीलाई सोमपाल कामीले करण केसीको हातबाट क्याचआउट गराएका छन् ।

१३.६ ओभरमा पीएनजीले तेस्रो विकेट गुमाएको छ । सन्दीप लामिछानेले सेसे बाउलाई बोल्ड आउट गरेका छन् ।

 

Published Date: 13 March 2023


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक