नेपालको कसिलो सुरुवात : ललित , सोमपाल र सन्दीपले लिए एक/एक विकेट

नेपालको कसिलो सुरुवात : ललित , सोमपाल र सन्दीपले लिए एक/एक विकेट : Icon Khabar

काठमाठौं, फागुन २९ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कसिलो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १५ ओभरमा ३ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे ।

६.५ ओभरमा पीएनजीले दोस्रो विकेट गुमाएको छ । पीएनजीका ओपनर हिरी हिरीलाई सोमपाल कामीले करण केसीको हातबाट क्याचआउट गराएका छन् ।

१३.६ ओभरमा पीएनजीले तेस्रो विकेट गुमाएको छ । सन्दीप लामिछानेले सेसे बाउलाई बोल्ड आउट गरेका छन् ।

 

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास