वन फडानी गरेको आरोपमा वडाअध्यक्ष नियन्त्रणमा

वन फडानी गरेको आरोपमा वडाअध्यक्ष नियन्त्रणमा : Icon Khabar

बारा, फागुन २८ । कोल्हवी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

वन फडानी गरेको आरोपमा अध्यक्ष चौधरीलाई वन कार्यालय सिमराले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालय सिम्राका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीको नेतृत्वमा साढे सात बिघा क्षेत्रफलमा रोपिएका आठ हजार पाँच सयभन्दा बढी रुख काटिएको आरोप लगाएका छन् ।

सिंहले आर्थिक वर्ष ०७७/०७८ मा कोल्हवी नगरपालिकाको वडा नं ५ स्थित राष्ट्रिय वनमा रहेको शिवमन्दिर वरपरको पाँच हेक्टर क्षेत्रफलबाट विभिन्न प्रकारका बिरुवा हटाउन निर्देशन दिएको सिंहले बताए ।

वन फडानी भएको ठाउँको अनुसन्धान गर्न टोलीसहित पुगेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले घटनामा चौधरीको संलग्नता पुष्टि भएको बताए ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास