वन फडानी गरेको आरोपमा वडाअध्यक्ष नियन्त्रणमा

वन फडानी गरेको आरोपमा वडाअध्यक्ष नियन्त्रणमा : Icon Khabar

बारा, फागुन २८ । कोल्हवी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

वन फडानी गरेको आरोपमा अध्यक्ष चौधरीलाई वन कार्यालय सिमराले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालय सिम्राका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीको नेतृत्वमा साढे सात बिघा क्षेत्रफलमा रोपिएका आठ हजार पाँच सयभन्दा बढी रुख काटिएको आरोप लगाएका छन् ।

सिंहले आर्थिक वर्ष ०७७/०७८ मा कोल्हवी नगरपालिकाको वडा नं ५ स्थित राष्ट्रिय वनमा रहेको शिवमन्दिर वरपरको पाँच हेक्टर क्षेत्रफलबाट विभिन्न प्रकारका बिरुवा हटाउन निर्देशन दिएको सिंहले बताए ।

वन फडानी भएको ठाउँको अनुसन्धान गर्न टोलीसहित पुगेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले घटनामा चौधरीको संलग्नता पुष्टि भएको बताए ।

Published Date: 12 March 2023


















ताजा
नेपालमा चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर बिहीबारदेखि देखिने, शुक्रबार र शनिबार बढी असर देखिने
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक