कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै

कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै : Icon Khabar
तस्बिर: बिनोद प्रजापति

भक्तपुर, भदौ २७ । भक्तपुर नगरपालिका–४ बुल्चास्थित ऐतिहासिक पाटी संरक्षणको अभावसँगै अव्यवस्थित फ्लेक्स बोर्डका कारण आफ्नो मौलिक स्वरूपसमेत गुमाउँदै गएको छ। कुनै समय भक्तपुर नगरपालिका वडा नं. ४ साबिक वडा नं. १२ को कार्यालय रहेको उक्त पाटीको छानामा करिब ७–८ वर्षदेखि अजंगको पीपलको बिरुवाले जरा गाडेर बसेको छ।

पाटीको छानामाथि हरियाली र पीपलको जरा फैलिँदै गएको अवस्थामा अर्कोतर्फ विभिन्न फ्लेक्स बोर्ड राखिँदा पाटीको मौलिक वास्तुकला र सौन्दर्यसमेत छोपिँदै गएको देखिन्छ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सम्पदाको समयमै संरक्षण नगरे पीपलको जराले संरचनामा क्षति पुर्‍याउनुका साथै अव्यवस्थित प्रचार सामग्रीले यसको मौलिक पहिचान नै हराउन सक्ने स्थानीयको चिन्ता छ।

सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी पीपल व्यवस्थापन, फ्लेक्स बोर्ड हटाउने तथा पाटीको मौलिक स्वरूप संरक्षण गर्नुपर्ने माग गरिएको छ।

Published Date: 12 September 2026


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास