कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै

कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै : Icon Khabar
तस्बिर: बिनोद प्रजापति

भक्तपुर, भदौ २७ । भक्तपुर नगरपालिका–४ बुल्चास्थित ऐतिहासिक पाटी संरक्षणको अभावसँगै अव्यवस्थित फ्लेक्स बोर्डका कारण आफ्नो मौलिक स्वरूपसमेत गुमाउँदै गएको छ। कुनै समय भक्तपुर नगरपालिका वडा नं. ४ साबिक वडा नं. १२ को कार्यालय रहेको उक्त पाटीको छानामा करिब ७–८ वर्षदेखि अजंगको पीपलको बिरुवाले जरा गाडेर बसेको छ।

पाटीको छानामाथि हरियाली र पीपलको जरा फैलिँदै गएको अवस्थामा अर्कोतर्फ विभिन्न फ्लेक्स बोर्ड राखिँदा पाटीको मौलिक वास्तुकला र सौन्दर्यसमेत छोपिँदै गएको देखिन्छ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सम्पदाको समयमै संरक्षण नगरे पीपलको जराले संरचनामा क्षति पुर्‍याउनुका साथै अव्यवस्थित प्रचार सामग्रीले यसको मौलिक पहिचान नै हराउन सक्ने स्थानीयको चिन्ता छ।

सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी पीपल व्यवस्थापन, फ्लेक्स बोर्ड हटाउने तथा पाटीको मौलिक स्वरूप संरक्षण गर्नुपर्ने माग गरिएको छ।

Published Date: 12 September 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक