बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग

बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग : Icon Khabar

भक्तपुर, भदौ २५ । भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएका नुवाकोट, रसुवा, धादिङलगायत विभिन्न क्षेत्रका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरले रु. १ करोड १९ लाख ३ हजार ७ सय ८५ रुपैयाँ ३४ पैसा सहयोग गरेको छ।

जिल्ला प्याब्सन भक्तपुरको आह्वानमा सदस्य विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयबाट संकलित उक्त रकमको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न केन्द्रीय प्याब्सनलाई हस्तान्तरण गरिएको हो।

मानवीय सहयोग अभियानमार्फत विपद्मा परेका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको जिल्ला प्याब्सन भक्तपुरले जनाएको छ।

जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कास्पालले अभियानमा उत्साहपूर्वक साथ र सहयोग गर्ने सम्पूर्ण सदस्य विद्यालय, प्रधानाध्यापक, विद्यार्थी तथा शिक्षक–कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।

उनले विपद्को समयमा निजी तथा संस्थागत विद्यालय समुदायले देखाएको एकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता जिल्ला प्याब्सन भक्तपुरको गौरव भएको बताए। संकलित सहयोगले विपद्मा परेका परिवारलाई राहतसँगै आशा, भरोसा र साथको अनुभूति दिलाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि विद्यालय क्षेत्रबाट गरिएको यो सहयोगले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता समेत प्रदर्शन गरेको छ।

Published Date: 10 September 2026


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास