बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर

बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर : Icon Khabar

काठमाडौं, साउन २७ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ४० पैसा र बिक्री दर १५३ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ७९ पैसा र बिक्री दर १७६ रुपैयाँ ४८ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ ७६ पैसा र बिक्री दर २०६ रुपैयाँ ५७ पैसा पुगेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ८८ पैसा र बिक्री दर १८८ रुपैयाँ ६२ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ५३ पैसा र बिक्री दर १०७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३७ पैसा र बिक्री दर १०९ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ९६ पैसा र बिक्री दर ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ। यस्तै जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५७ पैसा र बिक्री दर नौ रुपैयाँ ६० पैसा रहँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ५९ पैसा र बिक्री दर २२ रुपैयाँ ६८ पैसा तोकिएको छ।

खाडी मुलुकहरूतर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ५९ पैसा र बिक्री दर ४० रुपैयाँ ७५ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ ८० पैसा र बिक्री दर ४१ रुपैयाँ ९७ पैसा तथा युएई दिरामको खरिद दर ४१ रुपैयाँ ५० पैसा र बिक्री दर ४१ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ २४ पैसा र बिक्री दर ३७ रुपैयाँ ३९ पैसा कायम हुँदा कुवेती दिनारको खरिद दर ४९६ रुपैयाँ २६ पैसा र बिक्री दर ४९८ रुपैयाँ २१ पैसा रहेको छ।

यसैगरी बहराइन दिनार एकको खरिद दर ४०४ रुपैयाँ १९ पैसा र बिक्री दर ४०५ रुपैयाँ ७८ पैसा, ओमनी रियालको खरिद दर ३९५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३९७ रुपैयाँ ३९ पैसा तथा थाइ भाटको खरिद दर चार रुपैयाँ ५९ पैसा र बिक्री दर चार रुपैयाँ ६१ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ७६ पैसा र बिक्री दर १० रुपैयाँ ८० पैसा, स्विडिस क्रोनरको खरिद दर १६ रुपैयाँ ०२ पैसा र बिक्री दर १६ रुपैयाँ ०८ पैसा, डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ५१ पैसा र बिक्री दर २३ रुपैयाँ ६१ पैसा तथा हङकङ डलरको खरिद दर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा कायम भएको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत् तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

Published Date: 12 August 2026


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु