ओस्कारमा ‘क्राइसिस टिम’को घोषणा

ओस्कारमा ‘क्राइसिस टिम’को घोषणा : Icon Khabar

काठमाडौँ, फागुन १३ । एजेन्सी-ओस्कार अवार्डको ९५औँ संस्करणका लागि ‘क्राइसिस टिम’ घोषणा गरिएको छ।

१२ मार्चमा अमेरिकाको लस एन्जलसमा आयोजना हुने अवार्ड समारोहमा एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ‘क्राइसिस टिम’ घोषणा गरेका हुन् ।

अवार्ड समारोहमा अमेरिकी अभिनेता विल स्मिथ र क्रिस रकबीच भएको घटनालाई ध्यानमा राखेर ‘क्राइसिस टिम’ गठन गरिएको हो। यसको उद्देश्य हो, अवार्डका क्रममा विवादित घटनालाई व्यवस्थित गर्नु।

गत वर्षको ओस्कारमा स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि स्मिथले अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार भएको थियो। स्मिथ र क्रिस रकको घटनापछि एकेडेमी ओस्कारमा हुने धेरै कुरामा सचेत भएको जनाइएको छ।

सन् २०२१ मा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले स्टेजमै कपडा फुकालेर सरकारविरुद्ध विरोध जनाएको थियो।

Published Date: 25 February 2023


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली