एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छः ओली

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छः ओली : Icon Khabar

काठमाडौँ, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएको छ ।

बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेसँगै अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएको हो । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा ओलीले राष्ट्रपतिमा शनिबार एमालेले मनोनयन दर्ता गर्ने जानकारी दिए । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गरे ।

पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जानकारी ओलीले दिए ।

नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्दैछ । पछिल्लो राजनीतिक घटना क्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले शनिबार मनोनयन दर्ता गर्ने दिन तोकेको छ ।

Published Date: 25 February 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड