सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौँ, साउन २५ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम भएको छ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ९४ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।

अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४९ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

एसियाली तथा खाडी मुलुकका मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा एवं युएई दिरामको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा तोकिएको छ।

यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८० पैसा र बिक्रीदर १० रुपैयाँ ८४ पैसा, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा कायम भएको छ। स्वीडिस क्रोनरको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनारको खरिददर ४९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ०४ पैसा, बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८३ पैसा तथा ओमान रियालको खरिददर ३९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 10 August 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग