‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ

‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ : Icon Khabar

काठमाडौं, साउन २४ । नेपाली फिल्म ‘गौंथली’ले बक्स अफिसमा आक्रामक कमाइलाई निरन्तरता दिएको छ। आइतबार दिउँसोसम्म फिल्मले १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

फिल्मको नेट कलेक्सन १७ करोड रुपैयाँ पुगेको निर्माण पक्षले जनाएको छ। २ करोड ७५ लाख रुपैयाँ लगानीमा बनेको फिल्मलाई हालसम्म ७ लाखभन्दा बढी दर्शकले हेरेका छन्।

‘गौंथली’ले ‘जारी’, ‘छक्कापञ्जा ४’ र ‘परान’को कमाइलाई उछिनिसकेको छ। अब यो ‘१२ गाउँ’को १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइलाई उछिन्ने क्रममा छ।

विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको निर्माता सुमन गिरीले बताएका छन्। उनका अनुसार अमेरिकामा २ लाख डलर, अस्ट्रेलियामा १ लाख डलर र दुबईमा ५० हजार दिरामभन्दा बढी कमाइ गरेको छ। क्यानडामा भने फिल्म अर्को सातादेखि प्रदर्शनमा आउनेछ।

Published Date: 09 August 2026
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?