काठमाडौं, साउन २४ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ।
गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय सुनसँगै चाँदीको मूल्यमा समेत निरन्तर वृद्धि हुँदै गएको छ।
Published Date: 09 August 2026