काठमाडौँ, साउन ११ । सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ३७.६९ अंकले घटेर २६९६.९१ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ६ अर्ब २६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब ९० करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५९ वटा धितोपत्रको एक करोड ३५ लाख ४ हजार ६१३ कित्ता सेयर किनबेच भएको हो। आज २५ कम्पनीको सेयरमूल्य बढेको छ भने २४६ वटाको घटेको छ। यस्तै ४ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको मूल्य ७४८ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, गरिमा समृद्धि योजनाको मूल्य ४.७८ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ८७ पैसा कायम भएको छ।
यसैगरी, आत्मनिर्भर लघुवित्तको मूल्य सर्वाधिक १३.३८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य पाँच हजार ७६८ रूपैयाँमा झरेको छ।
यसैगरी, कर्पोरेट डेभलपमेन्टको मूल्य ९.६३ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ३९९ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता तीन हजार २४० रूपैयाँमा ३२ करोड ४० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२७ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ।
उक्त कम्पनीको २५३ रूपैयाँ ९० पैसामा २८ करोड ५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ।
Published Date: 27 July 2026