शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो

शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १२ । लगातार तीन दिनदेखि घटिरहेको सुनको भाउमा आज भने ब्रेक लागेको छ । शुक्रबारको कारोबारमा स्थानीय बजारमा सुनको भाउ सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले महङ्गिएको हो । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको छ । यस्तै आज १० ग्राम सुनको भाउ पनि २ लाख ३९ हजार २८५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको भाउ ५ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी ५५ रुपैयाँले सस्तिदै प्रतितोला ४ हजार १८० रुपैयाँमा झरेको छ ।

Published Date: 26 June 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग