पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, जेठ १ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त प्रभावले मौसममा उल्लेखनीय फेरबदल आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको स्थिति देखिएको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदलीको अवस्था छ। हाल बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी क्षेत्रमा मौसम साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, बागमती र गण्डकीका केही स्थान तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राति पनि देशका अधिकांश पहाडी र हिमाली भू-भागमा मौसमको प्रभाव कायमै रहने देखिएको छ। विशेषगरी कोशी र मधेस प्रदेशका केही स्थानका साथै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा पनि एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। खराब मौसमका कारण हुन सक्ने जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

Published Date: 15 May 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग