देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख  ३१ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यसका कारण मुलुकभरको मौसममा बदली आउनुका साथै विभिन्न स्थानमा वर्षा र हिमपातको स्थिति रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली छ। कोशी र बागमती प्रदेशका केही क्षेत्रसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अहिले मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भेगमा मौसम साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरैजसो स्थानसहित बागमती र गण्डकीका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली नै रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

मौसममा आएको यो परिवर्तन र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

Published Date: 14 May 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग