एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, अहिले ५ बजेपछि बोर्ड बैठक बस्दै

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, अहिले ५ बजेपछि बोर्ड बैठक बस्दै : Icon Khabar

काठमाडौं, वैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ ।

‘सम्भवत: आज साझ सार्वजनिक हुन्छ । अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा बोर्डका एक अधिकारीले भने, ‘साँझ ५ बजेपछिलाई बोर्ड बैठक बैठक बोलाइएको छ ।’

बैठकमा सहभागी हुनका लागि परीक्षा बोर्डले सदस्यहरूलाई बोलाइ सकेको छ ।

परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिबारे छलफल भइरहेको बताए । ‘छलफलमा छौं,’ उनले भने ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

Published Date: 11 May 2026


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग