काठमाडौं, वैशाख ६ । सरकारले सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । अर्थ मन्त्रालय ले मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालय लाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ।
हाल मासिक रूपमा तलब पाउँदै आएका कर्मचारीलाई अब पन्ध्र दिनमै भुक्तानी गर्न संघीय निजामती सेवा ऐन संशोधन गर्नुपर्नेछ। सरकारले नयाँ ऐनमार्फत यो व्यवस्था लागू गर्ने तयारी गरेको जनाएको छ।
Published Date: 20 April 2026