काठमाडौँ, वैशाख २ । बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २ हजार ८६६.८७ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३४४ कम्पनीका सेयर कारोबार भएका छन् । यीमध्ये २२१ कम्पनीका सेयरमूल्य बढेका छन् भने ४५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुल २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर १० अर्ब ५३ करोड ७० लाख ९ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत सालको अन्तिम दिनको तुलनामा २२ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक ३.१६ प्रतिशतले बढेको छ ।
रिज लाईन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक तथा होटेल फरेष्ट इनका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने रिलायन्स् स्पिनिङ मिल्स्, उपकार लघुवित्त वित्तीय संस्था तथा सनराईज ब्लुचिप फण्डका सेयरधनी रहेका छन् ।
Published Date: 15 April 2026