बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख २ । बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २ हजार ८६६.८७ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३४४ कम्पनीका सेयर कारोबार भएका छन् । यीमध्ये २२१ कम्पनीका सेयरमूल्य बढेका छन् भने ४५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर १० अर्ब ५३ करोड ७० लाख ९ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत सालको अन्तिम दिनको तुलनामा २२ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक ३.१६ प्रतिशतले बढेको छ ।

रिज लाईन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक तथा होटेल फरेष्ट इनका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने रिलायन्स् स्पिनिङ मिल्स्, उपकार लघुवित्त वित्तीय संस्था तथा सनराईज ब्लुचिप फण्डका सेयरधनी रहेका छन् ।

Published Date: 15 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने