गाजामा इजरायली आक्रमणमा एक बच्चासहित १० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा एक बच्चासहित १० जनाको मृत्यु : Icon Khabar

गाजा, वैशाख २ । गाजाको उत्तरी क्षेत्रमा इजरायली आक्रमणमा एक बच्चासहित १० जनाको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। युद्धविराम जारी रहे पनि इजरायल र हमासबीच एक–अर्कालाई उल्लङ्घनको आरोप लगाउँदै हिंसा रोकिएको छैन।

गाजा सहरमा प्रहरीको गाडी लक्षित आक्रमणमा मृत्यु र धेरै घाइते भएका छन्। यसअघि उत्तरी बेत लाहियामा पनि गोली चल्दा एक जनाको ज्यान गएको थियो।

अलशती शरणार्थी शिविर नजिक अर्को आक्रमणमा पनि केहीको मृत्यु भएको र अलशिफा अस्पतालले पाँच शव प्राप्त भएको पुष्टि गरेको छ।

सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको द्वन्द्वपछि लागू युद्धविरामपछि पनि गाजामा कम्तीमा ७५७ जनाको मृत्यु भइसकेको बताइएको छ।

Published Date: 15 April 2026