भक्तपुर, वैशाख १ । भक्तपुर प्रहरीले नयाँ वर्ष २०८३ सुरु हुनु अघि गएराति टौमढि परिसर क्षेत्रमा पटाका पड्काइएको घटनाप्रति चासो देखाएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत संवेदनशील क्षेत्रमा यस्ता गतिविधि गर्न नहुने भन्दै स्थानीयस्तरमा आलोचना बढिरहेका बेला प्रहरीले सो कार्यमा संलग्न व्यक्तिहरूको पहिचानका लागि फोटो वा भिडियो उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो।
प्रहरीका अनुसार प्राप्त सामग्रीको आधारमा सम्बन्धित व्यक्तिहरूलाई निगरानीमा राखी सोधपुछका लागि बोलाइने र आवश्यक परे कारबाहीसमेत गरिनेछ।