सांसदहरूको शपथ ग्रहण समारोह पछि रास्वपाको केन्द्रीय समिति बैठक जारी

सांसदहरूको शपथ ग्रहण समारोह पछि रास्वपाको केन्द्रीय समिति बैठक जारी : Icon Khabar

काठमाडौं, चैत २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारीछ । सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए ।

बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय समितिले यसबारे निर्णय गरेलगत्तै पार्टीको संसदीय दलको बैठक पनि बस्नेछ ।

शाहलाई फागुन २१ को निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर होमिएको थियो ।

Published Date: 26 March 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग