सुडानमा भएको ड्रोन आक्रमणमा परी २८ जना सर्वसाधारणको मृत्यु

सुडानमा भएको ड्रोन आक्रमणमा परी २८ जना सर्वसाधारणको मृत्यु : Icon Khabar

काठमाडौँ, चैत १२ । सुडानका दुई अलग स्थानमा भएको ड्रोन आक्रमणमा कम्तिमा २८ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीलाई उदृत गर्दै बिहीबार एएफपीले जनाएको छ ।

सुडानी सेना र विद्रोही (आरएसएफ) बीचको लामो युद्धको कारण ड्रोन आक्रमणमा वृद्धि भएको छ ।

बुधबार उत्तरी डार्फर राज्यको सराफ ओमरा सहरको बजारमा भएको आक्रमणमा एक शिशु सहित २२ जनाको मृत्यु भएको एएफपीले जनाएको हो ।

थप १७ जना घाइते भएको स्थानीय क्लिनिकका एक स्वास्थ्य कार्यकर्तालाई उदृत गर्दै एएफपीले बताएको छ ।

ड्रोनले तेल ट्याङकमा प्रहार गर्दा ट्याङकरसहित बजारको केही भागमा आगो लागेको सराफ ओमरा र दुर्गम डार्फर क्षेत्रका बजारका बिक्रेता हमिद सुलेमानले बताएका छन् ।

त्यसैगरी उत्तरी कोर्डोफोनमा भएको ड्रोन आक्रमणमा ६ जनाले ज्यान गुमाएका छन् ।

एल–राहादको स्थानीय अस्पतालको चिकित्सा स्रोतले आक्रमणको दोष आरएसएफलाई लगाएको छ । सुडानमा लामो समय चलेको युद्धले दशौं हजारको ज्यान लिनुका साथै झन्डै एक करोड १० लाख विस्थापित भइसकेका छन् ।

Published Date: 26 March 2026


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु