बिहिबार नेप्से परिसूचक १४.२१ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक १४.२१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, चैत १२ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार पपिरसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से १४.२१ अंकले बढेर २ हजार ९५०.१६ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३४३ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १७८ कम्पनीका सेयरमूल्य बढेका छन् भने ८० कम्पनीका सेयरमूल्य घटेका छन् । आज सेयरबजारमा ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा १२.७८ प्रतिशतले कमी हो ।

सेयरबजारमा सूचीकृत समूहको समूहगत परिसूचकमध्ये विकास बैंक, जीवन बीमा तथा व्यापार समूहको परिसूचक घटेका छ । म्युचुअल फण्ड समूहको परिसूचक भने स्थिर रहेको छ । बाँकी सबै समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक १.५६ प्रतिशतले बढेको छ ।

रिलायन्स् स्पिनिङ् मिल्स्, सुपर खुदी हाइड्रोपावर तथा होटेल फरेष्ट इनको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड, सिन्धु विकास बैंक तथा कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

Published Date: 26 March 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग