चैत्र शुक्ल अष्टमीमा देशभर चैते दसैँको रौनक, शक्तिपीठहरूमा भक्तजनको भीड

चैत्र शुक्ल अष्टमीमा देशभर चैते दसैँको रौनक, शक्तिपीठहरूमा भक्तजनको भीड : Icon Khabar

काठमाडौं, चैत १२ । आज चैत्र शुक्ल अष्टमीका अवसरमा देशभर चैते दसैँ श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। घर–घरमा नवदुर्गा भगवतीको पूजा–आराधना भइरहेको छ। वर्षमा चार पटक नवरात्र परे पनि असोजको बडादसैँजस्तो व्यापक रूपमा नमनाइए पनि चैते दसैँको आफ्नै धार्मिक महत्व रहेको छ।

धेरैजसो परिवारमा टीका–जमरा लगाउने प्रचलन कम भएकाले यो पर्व सीमित रूपमा मनाइने गरिएको छ। तर, काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा भने घटस्थापना गरी अष्टमीका दिन विशेष पूजा तथा बलि दिने परम्परा कायमै छ।

चैते दसैँमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाइन्छ। नवमीलाई रामनवमीका रूपमा पनि मनाइने गरिन्छ, जस दिन भगवान् रामको जन्म भएको धार्मिक विश्वास छ। यस अवसरमा परिवारबीच भेटघाट गर्ने, देवीको पूजा गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने चलन रहेको छ।

आज देशभरका विभिन्न देवी–काली भगवतीका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुईँचो लागेको छ। विशेषगरी जयन्ती, मंगलाकाली, भद्रकाली, कपालिनी, दक्षिणकाली र बाग्लुङकाली लगायतका प्रसिद्ध मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

Published Date: 26 March 2026


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी