रास्वपाको निर्णायक बैठक आज: बालेन शाह संसदीय दलको नेता बन्ने पक्का, भोलि प्रधानमन्त्रीको शपथ

रास्वपाको निर्णायक बैठक आज: बालेन शाह संसदीय दलको नेता बन्ने पक्का, भोलि प्रधानमन्त्रीको शपथ : Icon Khabar

काठमाडौं, चैत १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज महत्वपूर्ण निर्णय लिन केन्द्रीय समिति बैठक बस्दैछ। बैठक दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने भएको छ।

बैठकमा संसदीय दलको नेता चयनलगायत विभिन्न महत्वपूर्ण एजेण्डामा छलफल गरिने पार्टीले जनाएको छ। केन्द्रीय समिति बैठक सम्पन्न भएपछि संसदीय दलको बैठक बसेर औपचारिक रूपमा नेता चयन गरिनेछ।

स्रोतका अनुसार, रास्वपाले बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेतामा चयन गर्ने तयारी गरेको छ।

यदि आजको बैठकले औपचारिक निर्णय गरेमा, बालेन शाहले भोलि शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

Published Date: 26 March 2026


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी