गोली र लागु औषधसहित काठमाडौंको बौद्धबाट दुई युवक पक्राउ

गोली र लागु औषधसहित काठमाडौंको बौद्धबाट दुई युवक पक्राउ : Icon Khabar

काठमाडौं, चैत ११ । गोली र लागु औषधसहित काठमाडौंको बौद्धबाट दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा घर भएका २४ वर्षीय सुनिल शान्थल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का २९ वर्षीय सुदीप बन्जारा छन् ।

उनीहरूलाई प्रहरी बौद्धको टोलीले पक्राउ गरेको हो । सान्थललाई २.२९ ग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो । उनले उक्त खैरो हेरोइन बन्जाराबाट खरिद गरेको बताएपछि प्रहरीले बन्जारालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनको कोठा खानतलासी गर्दा १०.५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र १ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

Published Date: 25 March 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग