अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट : Icon Khabar

काठमाडौं, चैत ९ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।

एसियाली बजारमा बुधबार बिहानैदेखि तेलको भाउ ओरालो लाग्ने क्रम सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ताहरू भइरहेको अभिव्यक्ति दिएपछि लगानीकर्ताहरूमा उत्साह देखिएको छ, जसका कारण तेलको मूल्यमा गिरावट आएको हो ।

बुधबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९७.६५ अमेरिकी डलर कायम भएको छ। अघिल्लो दिन यसको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।

Published Date: 25 March 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग