बुधबार सुनको भाउ तोलामै १४ हजार ६०० रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ तोलामै १४ हजार ६०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत ११ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । निरन्तर घट्दै गएको सुनको भाउ आज तोलामै १४ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ रहेको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४१५ रुपैयाँ बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो । काठमाडौँ,

Published Date: 25 March 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग