काठमाडौँ, चैत ९ । म्यानचेस्टर सिटीले आर्सनललाई २-० ले हराउँदै लिग कप (काराबाओ कप) को उपाधि जितेको छ।
वेम्ब्लीमा आइतवार भएको फाइनलमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै आर्सनलको ४ वटा उपाधि जित्ने सपना तोडिदियो। सिटीका लागि दुबै गोल निको ओ राइलीले गरे।
खेलको पहिलो हाफ सामान्य रह्यो। तर दोस्रो हाफमा सिटीले खेल आफ्नो पक्षमा पार्यो। ६०औँ मिनेटमा आर्सनलका गोलकिपर केपा अरिजाबालागाको गल्तीबाट सिटीले अग्रता लियो। उनले सजिलो बल समात्न नसक्दा ओ राइलीले हेडर गर्दै गोल गरे।
६४ औं मिनेटमा ओ राइलीले हेडरमा अर्को गोल गर्दै सिटीलाई २-० ले अघि बढाए। यो जितसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जित्ने कीर्तिमान बनाए।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाको निर्णय गलत सावित भयो। उनले पहिलो रोजाइका गोलकिपर डेभिड रायाको सट्टा केपालाई खेलाएका थिए । जसले गल्ती गर्दा टोलीले हार बेहोर्नुपर्यो।
आर्सनलले खेलमा राम्रो प्रदर्शन गर्न सकेन र अन्तिमतिर प्रयास गरे पनि खेलमा फर्किन सकेन। यो हारसँगै आर्सनलले सन् २०२० पछि पहिलो उपाधि जित्ने मौका गुमाएको छ।
Published Date: 23 March 2026