प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रास्वपाका रुकेश रंजित निर्वाचित, प्रेम सुवालसँग कडा प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रास्वपाका रुकेश रंजित निर्वाचित, प्रेम सुवालसँग कडा प्रतिस्पर्धा : Icon Khabar

भक्तपुर, फागुन २३ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रंजित विजयी भएका छन्। उनले ३३ हजार ४३६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। रंजित र सुवालबीच अन्तिमसम्म कडा प्रतिस्पर्धा देखिएको थियो।

यस निर्वाचन परिणामसँगै भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीको लामो समयदेखिको राजनीतिक विरासत तोडिएको छ। यसअघि सो क्षेत्रमा नेमकिपाले लगातार प्रभाव कायम राख्दै आएको थियो। तर यसपटक मतदाताले नयाँ विकल्पतर्फ झुकाव देखाउँदै रास्वपाका उम्मेदवार रंजितलाई विजयी बनाएका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै समर्थकहरूले विभिन्न स्थानमा विजय उत्सव मनाउन थालेका छन्। स्थानीयस्तरमा भने यो परिणामलाई भक्तपुरको राजनीतिमा नयाँ मोडका रूपमा पनि हेरिएको छ।

Published Date: 07 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने