प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रास्वपाका रुकेश रंजित निर्वाचित, प्रेम सुवालसँग कडा प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रास्वपाका रुकेश रंजित निर्वाचित, प्रेम सुवालसँग कडा प्रतिस्पर्धा : Icon Khabar

भक्तपुर, फागुन २३ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रंजित विजयी भएका छन्। उनले ३३ हजार ४३६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। रंजित र सुवालबीच अन्तिमसम्म कडा प्रतिस्पर्धा देखिएको थियो।

यस निर्वाचन परिणामसँगै भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीको लामो समयदेखिको राजनीतिक विरासत तोडिएको छ। यसअघि सो क्षेत्रमा नेमकिपाले लगातार प्रभाव कायम राख्दै आएको थियो। तर यसपटक मतदाताले नयाँ विकल्पतर्फ झुकाव देखाउँदै रास्वपाका उम्मेदवार रंजितलाई विजयी बनाएका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै समर्थकहरूले विभिन्न स्थानमा विजय उत्सव मनाउन थालेका छन्। स्थानीयस्तरमा भने यो परिणामलाई भक्तपुरको राजनीतिमा नयाँ मोडका रूपमा पनि हेरिएको छ।

Published Date: 07 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय