भक्तपुर, फागुन २१ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा जारी मतगणनाको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रंजित अग्रस्थानमा रहेका छन्।
निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार घण्टी चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरहेका रंजितले हालसम्म ९,१२३ मत प्राप्त गरेका छन्। यस्तै मादल चुनाव चिन्हसहित नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले ६,०५५ मत प्राप्त गरेका छन्।
मतगणना कार्य निरन्तर जारी रहेको छ भने अन्य उम्मेदवारहरूको मत विवरण क्रमशः सार्वजनिक गरिने जनाइएको छ। निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना भइरहेको छ।
Published Date: 06 March 2026