काठमाडौंको चपली क्षेत्रमा शङ्कास्पद प्रेसर कुकर फेला, आवतजावत पूर्ण रूपमा बन्द

काठमाडौंको चपली क्षेत्रमा शङ्कास्पद प्रेसर कुकर फेला, आवतजावत पूर्ण रूपमा बन्द : Icon Khabar

काठमाडौं, फागुन २० । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, चपली क्षेत्रमा शङ्कास्पद प्रेसर कुकर फेला परेपछि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन्।

मंगलवबार मध्यराति फेला परेको उक्त वस्तुका कारण स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको छ भने रातभर आवतजावत पूर्ण रूपमा रोकिएको थियो।

चपलीबाट माथिल्लो भंगालतर्फ जाने भित्री सडकमा कागजले बेरिएको र तार जोडिएको प्रेसर कुकर भेटिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार वस्तु बम हो वा होइन भन्नेबारे यकिन हुन बाँकी छ।

घटनापछि नेपाली सेना अन्तर्गतको चन्दननाथ गणबाट १५ सदस्यीय बम डिस्पोजल टोली परिचालन गरिएको छ। टोलीले बिहानैदेखि शङ्कास्पद वस्तु निष्क्रिय पार्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरी र सशस्त्र प्रहरी बलले क्षेत्रलाई घेराबन्दी गर्दै सुरक्षा व्यवस्था कडा पारेका छन्। अनुसन्धान जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

Published Date: 04 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय