निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम गठन

निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम गठन : Icon Khabar

काठमाडौं, फागुन १९ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न २६ सदस्यीय ‘र्‍यापिड रेस्पोन्स टिम’ (आरआरटी) गठन गरेको छ ।

अस्पतालका अनुसार आकस्मिक विभाग प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा रहेको विशेषज्ञ चिकित्सक, नर्सिङ तथा औषधि व्यवस्थापनसम्बन्धी टोली निर्वाचन अवधिभर ‘हाइ अलर्ट’मा रहनेछ ।

निर्वाचनका क्रममा हुन सक्ने दुर्घटना, झडप वा आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राखिएको अस्पताल निर्देशक डा. दिलीप शर्माले जानकारी दिए ।

Published Date: 03 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय