मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन १९ । मंगलबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३८.५२ अंकले बढेर २ हजार ७१२.४९ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २५४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ६ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज सेयरबजारमा १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम आइतबारको तुलनामा १०.३८ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत व्यापार बाहेक अरु बाँकी सबै समूहका परिसूचक बढेका छन् ।

सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक २.१३ प्रतिशतले बढेको छ । सालपा विकास बैंक, पञ्चकन्यामाई हाइड्रोपावर तथा रिलायन्स् स्पिनिङ् मिल्स्का सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सुभम पावर लिमिटेड, एसविएल डिवेञ्चर तथा एनआईसी एसिया ऋणपत्रमा लगानीकर्ता रहेका छन् ।

Published Date: 03 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने