मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन १९ । मंगलबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३८.५२ अंकले बढेर २ हजार ७१२.४९ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २५४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ६ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज सेयरबजारमा १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम आइतबारको तुलनामा १०.३८ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत व्यापार बाहेक अरु बाँकी सबै समूहका परिसूचक बढेका छन् ।

सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक २.१३ प्रतिशतले बढेको छ । सालपा विकास बैंक, पञ्चकन्यामाई हाइड्रोपावर तथा रिलायन्स् स्पिनिङ् मिल्स्का सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सुभम पावर लिमिटेड, एसविएल डिवेञ्चर तथा एनआईसी एसिया ऋणपत्रमा लगानीकर्ता रहेका छन् ।

Published Date: 03 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय