मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान

मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान : Icon Khabar

काठमाडौँ, फागुन १७ । नेपालले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आह्वान गरेको छ।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कूटनीति र संवादमार्फत समस्याको समाधान गर्न आह्वान गरेको हो।

‘नेपालले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, थप तनाव नबढाउन र सर्वसाधारण नागरिकहरूको सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपालले मतभेदहरू कूटनीति र संवादमार्फत समाधान गर्न आह्वान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल सरकारले मध्यपूर्वमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको पनि बताएको छ। त्यस्तै नेपालले संयुक्त राष्ट्रसंघ चार्टर र अन्तर्राष्ट्रिय कानुन अनुसार राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ।

शनिबार संयुक्त राज्य अमेरिका र इसराइलले इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। जबाफमा इरानले खाडी र मध्यपूर्वी देशहरूमा अमेरिकी सेनाको सैन्य अखडालाई लक्ष्य गरेर मिसाइल र ड्रोन हमला गरिरहेको छ।

साउदी अरब, कतार, युएई, लगायतका देशहरूमा इरानले हमला गरिरहेको छ। ती देशहरूमा ठूलो संख्यामा नेपाली कामदारहरू कार्यरत छन्।

नेपालले त्यहाँका नेपालीहरूलाई सुरक्षित रहन र दूतावाससँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ।

Published Date: 01 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय