आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २२ । आज २०८२ माघ २२ गते बिहीबार, तद्अनुसार ०५ फेब्रुअरी २०२६ । आज फागुन कृष्ण चतुर्थी, सुकर्मा बव उत्तर, सूर्योदय बिहानः ०६ः४८ बजे, सूर्यास्त साँझः १७ः४७ बजे ।

आजको राशिफल

मेष राशि: मेष राशि भएकाहरुको टाढाको यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिहरूको मार्ग दर्शन पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । धन आर्जन सजिलो हुनेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ९ रहेको छ ।

वृष राशि: वृष राशि भएकाहरुको प्रतिस्पर्धा बढ्ने छ । आवश्यक वस्तु समय मै नपाइने सम्भावना छ । बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट दुःख हुन सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुको प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीका स्रोतहरूमा वृद्धि हुन सक्छ । व्यवसाय राम्रोसँग चल्ने छ । प्रसन्नता रहने छ । शुभ रंग बदामी हो भने शुभ अंक ३ रहेको छ ।

कर्कट राशि: कर्कट राशि शुभ समाचारहरू प्राप्त हुनेछन् । आत्म विश्वास बढ्ने छ । जोखिम उठाउने साहस आउने छ । दाजुभाइको सहयोग पाइने छ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरुको आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । पारिवारिक चिन्ता यथावत रहन सक्छ । रोजगारी प्राप्तिको प्रयास सफल हुनेछ । आकस्मिक लाभ मिल्न सक्छ । शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरुलाई सहयोग प्राप्त हुनेछ । अपेक्षित कार्यहरू समयमा पूरा हुनेछन् । आम्दानीमा वृद्धि हुन सक्छ । आकस्मिक खर्च बढ्न सक्छ । जोखिम नउठाउनु होला । शुभ रंग बदामी हो भने शुभ अंक १ रहेको छ ।

तुला राशि: तुला राशि भएकाहरुको व्यावसायिक यात्रा सफल हुनेछ । आम्दानीका नयाँ स्रोत भेटिन सक्छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ । प्रेम–सम्बन्धमा अनुकूलता रहने छ । वरिष्ठ व्यक्तिहरूको सहयोग पाइने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको सामाजिक प्रतिष्ठा बढ्ने छ । साझेदारहरूको सहयोग पाइने छ । समयको सही उपयोग गर्नुहोला । व्यावसायिक यात्रा सफल हुनेछ । नयाँ आर्थिक नीति बन्न सक्छ । शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ ।

धनु राशि: धनु राशि भएकाहरुको अदालती कामहरू अनुकूल हुनेछन् । पूजा–पाठमा मन लाग्ने छ । तीर्थयात्राको योजना बन्न सक्छ । लाभका अवसर प्राप्त हुनेछन् । व्यवसाय राम्रो चल्ने छ । शुभ रंग गुलावी हो भने शुभ अंक ३ रहेको छ ।

मकर राशि: मकर राशि भएकाहरुले बहुमूल्य सामान सुरक्षित राख्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला । अपेक्षित कार्यहरूमा आकस्मिक बाधा आउन सक्छ । तनाव रहने छ । शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको व्यवसाय राम्रो चल्ने छ । धन प्राप्ति सहज हुनेछ । ऐश्वर्यमा ठूलो खर्च हुन सक्छ । हतार नगर्नु होला । प्रसन्नता रहने छ । शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ ।

मीन राशि: मीन राशि भएकाहरुको जग्गा, घर, पसल अथवा फ्याक्ट्री किन्ने योजना बन्न सक्छ । रोजगारीमा वृद्धि हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । गलत विचार हावी हुन सक्छ । स्वास्थ्य कमजोर रहने छ । शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।

Published Date: 05 February 2026
ताजा
प्रधानमन्त्री बालेनले लिए शपथ, नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज नयाँ प्रधानमन्त्रीको शपथ: बालेन्द्र शाह नेतृत्वमा एकल सरकार गठन
देशभर पुनः मौसम बदली: आजदेखि वर्षा, हुरीबतास, चट्याङ र असिनाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता