नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा

नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा : Icon Khabar

काठमाडौँ, माघ ४ । नेपाली कम्युनिष्ट पार्टीका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। श्रेष्ठले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएका हुन्।

श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार बन्न लागेका छन्। श्रेष्ठ २०७६ को माघमा राष्ट्रिय सभाका लागि निर्वाचित भएका थिए। त्यसबेला उनी कुनै पनि तहको निर्वाचनमा पहिलोपटक विजयी भएका थिए।

२०७४ को निर्वाचनमा श्रेष्ठ गोरखा २ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए। २०६४ सालमा उनी संविधान सभामा मनोनीत भएका थिए। त्यस्तै २०७० सालमा उनी मकवानपुर क्षेत्र नम्बर-४ बाट उम्मेदवार भए पनि पराजित हुन पुगेका थिए।

Published Date: 18 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय