नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा

नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा : Icon Khabar

काठमाडौँ, माघ ४ । नेपाली कम्युनिष्ट पार्टीका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। श्रेष्ठले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएका हुन्।

श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार बन्न लागेका छन्। श्रेष्ठ २०७६ को माघमा राष्ट्रिय सभाका लागि निर्वाचित भएका थिए। त्यसबेला उनी कुनै पनि तहको निर्वाचनमा पहिलोपटक विजयी भएका थिए।

२०७४ को निर्वाचनमा श्रेष्ठ गोरखा २ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए। २०६४ सालमा उनी संविधान सभामा मनोनीत भएका थिए। त्यस्तै २०७० सालमा उनी मकवानपुर क्षेत्र नम्बर-४ बाट उम्मेदवार भए पनि पराजित हुन पुगेका थिए।

Published Date: 18 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने