टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित : Icon Khabar

काठमाडौं, माघ ४ । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

घरेलु मैदानमा आजबाट प्रारम्भ भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।

Published Date: 18 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय